क्रिष्टल प्यालेसमाथि चेल्सीको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सान्दार जित हात पारेको छ ।

शनिबार साँझ भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५० औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । यसै सिजन क्लब आएका चिलवेलले डेब्यु खेलमा गोल गर्दै उरकृष्ट सुरुवात दिलाए।

खेलको ६६ औं मिनेटमा जौमाले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

त्यसपछि खेलको ७८ र ८२ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै जोर्गिन्होले चेल्सीलाई ४-० को जित दिलाए ।

जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । चेल्सीको यो लिगमा दोस्रो जित हो ।

क्रिस्टलको ४ खेलमा ६ अंक रहेको छ ।