एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चार खेलहरु हुँदैछन ।
आजको पहिलो खेलमा चेल्सीले घरेलु मैदानमा बलियो टिम क्रिस्टल प्यालेससँग खेल्नेछ । चेल्सी र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सी ३ खेलमा ४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । चेल्सीले अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको छ ।
लिगको छैटौं स्थानमा रहेको क्रिस्टल भने तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलमा क्रिस्टल ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अपराजित रहेको एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ । एभर्टन र ब्राइटनबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
एभर्टनले अघिल्ला तीन खेलमा ३ जित सहित ९ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको एभर्टन ब्राइटनलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।
ब्राइटन भने दोस्रो जितको खोजीमा हुनेछ । ब्राइटनले ३ खेलम ३ अंक जोडेको छ ।
त्यस्तै म्यान्चेष्टर सिटीले लिड्स युनाइटेडसँग खेल्नेछ । लिड्सको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
लिड्सको मैदानमा सिटी दोस्रो जितको खोजीमा हुनेछ । सिटीले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।
२ खेलमा ३ अंक जोडेको सिटी १३ औं स्थानमा रहेको छ ।
घरेलु टिम लिड्स तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला तीन खेलमा लिड्सले ६ अंक जोडेको छ । लिड्स तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा राती १२ः४५ बजे न्युकासल युनाइटेड र बर्नली भिड्ने छन् ।