काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।