काठमाडौं उपत्यकामा ९०२ सहित थप १५५९ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष गरि ६९७ जना, भक्तपुरमा ५३ महिला र ४० पुरुष गरि ९३ जना र ललितपुरमा ४६ महिला र ६६ पुरुष गरि ११२ जना रहेका छन् ।

नयाँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।