प्रिमियर लिगमा आज राति लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति साविक विजेता लिभरपुलले बलियो प्रतिद्वन्दी आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुलले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

एनफिल्डमा मैदान उत्रदा दुबै टिम लगातार तेस्रो जितको खोजीमा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

लिभरपुलले सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा लिभरपुलले चेल्सीलाई २-० ले हराएको थियो ।

बलियो चेल्सीलाई हराएको कारण पनि लिभरपुल उच्च मनोबलमा रहेको छ ।

त्यस्तै आर्सनलले पहिलो खेलमा फुलहमलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा आर्सनलले वेस्ट ह्यामलाई २-१ ले हराएको थियो ।

आर्सनल ६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ । लिभरपुल ६ अंकसहित चौंथो स्थानमा रहेको छ ।