इंग्लिश प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं। इंग्लिश प्रिमियर लिग २०२०/२१ सिजनको तेश्रो चरण अन्तर्गत आज शनिवार ४ खेल हुदै छ। पहिको खेलमा ब्राइटनले आफ्नो घरेलु मैदानमा म्यान्चेष्टर युनाइटेडको सामना गर्ने छ। उक्त खेल नेपाली समय अनुसार ५ः१५ बजे हुनेछ। दोश्रो चरणको खेलमा ब्राइटनले न्युक्यासल लाई हराएको थियो भने म्यान्चेष्टर युनाइटेड आफ्नै मैदानमा क्रिष्टल प्यालेससंग हार ब्यहोरेको थोयो।

त्यस्तै दोश्रो खेल नेपाली समय अनुसार ७ः४५ बजे क्रिष्टल प्यालेस र एभरटन बिच हुने छ। दुबै टोली दुई चरणका खेलमा शतप्रतिशत जित निकाल्दै उतकृष्ट फर्ममा रहेका छन।

समर ट्रान्स्फर विन्डोमा ३०० मिलियन युरो भन्दा धेरै खर्च गरेको चेल्सीले राती १०ः१५ बजे वेष्टब्रुम संग खेल्ने छ। दोश्रो चरणको खेलमा लिभरपुल संग २-० ले पराजित भएको चेल्सी आजको खेलमा जित निकाल्दै लयमा फर्कन चाहन्छ भने लगातार दुई खेलमा हार बेहोरेको वेष्टब्रुम लिगमा पहिलो जितको खोजिमा हुने छ।

त्यस्तै मध्य राती १२ः४५ बजे बर्नलीले साउथह्याम्प्टनको सामना गर्ने छ।

दुई चरणको खेल सकिँदासम्म लेष्टर, इभर्टन,आर्सनल, लिभरपुल तथा क्रिष्टल प्यालेस शतप्रतिशत जित निकाल्दै लिगको शिर्ष ५ मा रहेका छन।