बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गरेकी छन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेको जानकारी दिएको छ ।

सरकारले भदौ २९ गते नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली रहेको थियो ।