प्रिमियर लिगमा आर्सनलको सानदार सुरुवात

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।

यसै सिजन चेल्सीबाट फ्रि ट्रान्स्फरमा आएका ब्राजिलियन खेलाडी विलियन डेब्यु खेलमै चम्केपछि आर्सनलले फुलहमलाई सजिलै पराजित गरेको हो।

खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए ।

पहिलो हाफ १-० ले अग्रता बनाएको आर्सनलले दोश्रो हाफमा २ गोल थप्दै प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको छ। ४९औं मिनेटमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पिएरे एमरिक अबामियाङले आर्सनलका लागि तेस्रो गोल गरे ।