उपत्यकामा ६९६ सहित देशभर थपिए १४५४ नयाँ संक्रमित

२६ भदौ, काठमाडौं। उपत्यकामा ६९६ सहित देशभर थपिए १४५४ नयाँ संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।