संक्रमण बढेसंगै दोलखाको भिमेश्वरमा एक साता निशेधाज्ञा

दोलखा, २१ भदौ। कोरोना संक्रमित थपिएसंगै दोलखाको भिमेश्वर नगरपालिकामा एक साताको लागि निशेधाज्ञा जारी गरिएको छ। एकै परिवारका ३ सहित ४ जनामा संक्रमण देखिएपछि स्थानिय प्रशासनले एक साता निशेधाज्ञा गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा बसेको जिल्लास्तरिय संकट व्यबस्थापन समितिको बैठकले निशेधाज्ञा गर्ने निर्णय गरेको हो। साथै संक्रमण नियन्त्रणको लागि कन्ट्र्याक ट्रेसिङ गर्ने तथा संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरि परिक्षण गरेर रिपोर्ट नआउँदासम्मको लागि सतर्कता अपनाउनुका साथै कोरोना संक्रमण नियन्त्रणको लागि एक सातासम्म सम्पुर्ण व्यबसाय तथा आवत-जावत पुर्ण रुपमा बन्द हुने भएको छ।