भाद्र १९ गते बिहान ४ बजे देखि राती १० बजे सम्म ललितपुरमा कर्फ्यु

ललितपुर, १८ भाद्र। मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

यस्तै प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि तत्काल कारबाही हुने ललितपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।