४ बर्षे सम्झौतासहित राकिटिच फर्किए पुर्व क्लब सेभिल्ला

एजेन्सी । सेभिल्लाले पूर्व कप्तान इभान राकिटिकलाई अनुबन्धन गरेको छ । स्पेनिस क्लबले ६ बर्षको अन्तरपछि पूर्व कप्तान राकिटिकलाई बार्सिलोनाबाट पुरानै क्लबमा फर्काएको हो ।

राकिटिक ६ बर्षअघि बार्सिलोना गएका थिए । उनले सेभिल्लाबाट १ सय ४९ खेलमा ३२ गोल सहित ४१ गोलको अवसर सिर्जना गरेका थिए ।
उनकै नेतृत्वमा सेभिल्लाले सन् २०१४ मा युरोपा लिगको उपाधि जितेको थियो ।

राकिटिकले बार्सिलोनाबाट मैदानमा समेत कम अवसर पाउँदै आएका थए । उनले यस समर ट्रान्सफरमा बार्सिलोनाले आफुलाई छाड्ने अनुमान लगाएका थिए । सोही अनुसार उनले सेभिया फर्कने उपयुक्त समय प्राप्त गरेका हुन् । उनले सेभिल्लासँग ४ बर्षे सम्झौता गरेका छन।

कोएसियन मिडफिल्डर राकिटिकको आगमनले जुलेन लुपेटीगुइको नेतृत्वको सेभियालाई ठुलो राहत मिलेको छ । सेभिल्लाले भर्खरैमात्र रियल मड्रिडबाट स्पेनिस फरवार्ड ओस्कार रोड्रिग्वेजलाई अनुबन्धन गरेको छ ।