अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख‌ ६५ हजार नजिक

एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नजिक पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ५० लाख ९५ हजारको हाराहारीमा छ।

नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६४ हजार ९४ रहेको छ । भने २६ लाख १६ हजार ९ सय ६७ जना निको भैसकेका छन।