एजेन्सी । युभेन्ट्सलाई अवे गोलमा हराउँदै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति प्रि-क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा युभेन्ट्सबिरुद्ध २-१ ले हारे पनि अवे गोलका आधारमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो ।
दोस्रो लेगमा समेत लियोनले सुरुवातमै गोल गर्दै युभेन्ट्ससामु ठुलो चुनौती तेर्साएको थियो । क्वार्टरफाईनल पुग्न युभेन्ट्सलाई कम्तिमा ३ गोल आवश्यक देखिएको थियो ।
तर रोनाल्डोले दुई गोल गरेपनि टोलीलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।