एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज (शुक्रबार) दुई ठुला क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।
युरोपका दुई ठुला क्लब सिटी र रियलबीचको खेल इतिहाद स्टेडियममा हुनेछ । इंग्लिस क्लब र स्पेनिस क्लबबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण लामो समय रोकिएको दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुवै टिम जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न चाहन्छ ।
पहिलो लेगमा सिटीले रियललाई उसैको मैदानमा २-१ ले हराएको थियो । जसको कारण सिटी घरेलु मैदानमा थप आत्मविश्वासको साथ मैदान उत्रनेछ ।
पहिलो लेगको जितको कारण सिटीलाई क्वाटरफाइनलमा पुग्न बराबरीले पुग्नेछ ।
तर लकडाउन अघि बार्सिलोना भन्दा पछि रहेको रियलले उत्कृष्ट पुनरागमन गर्दै लिगको उपाधि जितेको थियो । त्यसैले सिटीविरुद्ध समेत रियल उत्कृष्ट पुनरागमन गर्ने योजनामा हुनेछ ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले सिटीविरुद्धको खेलका लागि ८ फरवार्डलाई टिममा राखेको छ ।
पहिलो लेगमा पराजित भईसकेको अवस्थामा रियललाई यस खेलमा दुई भन्दा बढी अन्तरको जित बाहेक अन्य विकल्प समेत रहेको छैन ।