नेकपामा समिकरण फेरबदल : बामदेवले अघि सारे ६ बुँदे प्रस्ताव

काठमाण्डौ। नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई सजिलाे हुने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै गाैतमले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका हुन् ।

ओलीकाे याे प्रस्तावले प्रधानमन्त्रीलाई केही राहत मिलेकाे छ । केही दिन अघिसम्म प्रचण्डकाे पछिपछि दाैडिएका उपाध्यक्ष गाैतमबाट आएकाे प्रस्तावले सचिवालकाे समीकरणमा फेरबदल भएकाे हाे कि भन्ने संकेत देखिएकाे छ ।

 ओलीले तत्काल दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका गाैतमकाे प्रस्तावले प्रचण्ड र नेपालपक्ष नेताहरू तीनछक परेका छन् ।

९ सदस्यीय सचिवालयमा अब गाैतम र गृहमन्त्री रामबहादुर थापा पनि ओलीकाे पक्षमा गएका हुन् भने ओलीको पक्षमा बहुमत पुग्नेछ ।

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् ।

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनले गरेका छन् । यस्तै पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उनको प्रस्तावमा छ ।