ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, मुल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ। सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ । आज चाँदी पनि १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।