प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ १३ साउन । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायतका रहेको प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले पुष्टि गरे ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमितहरूसँग निकट भएर काम गरेका सुरक्षाकर्मीहरूमा संक्रमण देखिन थालेको हो । विदेशबाट आएकाहरूलाई होल्डिङ सेन्टरमा पुर्याउने देखि लिएर क्वारेन्टाइनको सुरक्षा र कोरोनाबाट मृत्यु भएकाहरूको अन्त्यष्टिमा पनि सुरक्षाकर्मी नै खटिदै आएका छन् ।