आज थप ३११ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडौँ, १३ साउन। नेपालमा मंगलबार ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या १३ हजार आठ सय ७५ पुगेको छ ।काेराेना सङ्क्रमणकाे कारण थप एक जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि भएकाे छ ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।