थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौँ। शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुमा ९, सर्लाहीमा १५, नवलपरासीमा ४ तथा चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

त्यस्तै शुशिल कोइराला क्यान्सर हस्पिटल बाँकेमा उपचारार्थ २१ जनाले कोरोना जितेर घर फर्केका छन।