बीमा कम्पनीहरुले ऋणीहरुलाई ब्याजको १५ प्रतिशत छुट दिने

७ वैशाख, काठमाडौं । बीमा कम्पनीहरुले आफ्ना ऋणीहरुलाई ब्याजको १५ प्रतिशत छुट पाउने भएका छन् ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको थियो ।

बीमा समितिले लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको छ । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिले जनाएको छ।

बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।