युरोपियन फुटबलमा लागेको प्रतिबन्ध विरुद्ध म्यानचेस्टर सिटीको अपील

एजेन्सी । युरोपियन फुटबलमा लागेको दुई वर्षको प्रतिबन्धविरुद्ध इंग्लिस क्लब म्यानचेस्टर सिटीले अपील गरेको छ ।

सिटीले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको हो ।

सिटीले गरेको अपीलको सुनुवाई आगामी जुन ८ देखि १० सम्म हुने बताईएको छ । प्रतिबन्ध जारी रहेको खण्डमा सिटीले २ वर्ष च्याम्पियन्स लिग खेल्न पाउने छैन।

युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।