कोरोना संक्रमित बढेसँगै चन्द्रागिरी नगरपालिका सिल

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले नगरभित्र कोरोना संक्रमित बढ्न थालेपछि शनिबार १२ बजेदेखि लागु हुने गरि ‘सिल’ गर्ने जनाएको छ । नगपालिकामा शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्मीको बैठकले बाहिर हिँड्‍डुल गर्न र स्थानीय सवारी साधन चलाउन नपाउने निर्णय गरेको छ ।

चन्द्रागिरी नगरपालिकामा मात्रै कोरोना संक्रमित चार जना भएपछि काठमाडौं उपत्यका पनि उच्च जोखिममा परेको छ । उपत्यकामा वैशाख ३० गतेदेखि लगातार कोरोना संक्रमित भेटिन थालेका हुन् ।

चन्द्रागिरीमा बिहीबार थप तीन जनामा कोरोना देखिएको हो । उपत्यकामा देखिएको सबै संक्रमित उपत्यका बाहिरबाट आएका हुन् ।

सिल जेठ ७ गते बिहान ६ बजे सम्म लागु हुने र यो अवधिभित्र औषधि पसल बाहेक अन्य पसल बन्द हुने छन ।