रोटरी क्लब काठमाडौ र पञ्चकन्या ग्रुपले स्वाब संकलन बुथ हस्तान्तरण गर्‍याे

काठमाडौं, १० वैशाख । विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड– १९ रोगको महामारीसंग स्वाथ्यकर्मी, सुरक्षाकर्मी , खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिनुपर्ने बाध्यता छ ।

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार प्रयासरत रहेको बेलामा रोटरी कल्व अफ काठमाडौँले पञ्चकन्या ग्रुपसँग सहकार्य गरेर यस स्वस्थ्य संकटले निम्त्याएको विपदमा राज्यलाइ सहयोग गर्ने उद्देश्यका साथ २ थान स्वाब संकलन बुथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गर्‍याे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताए । रोटरी क्लब काठमाडौँ र पञ्चकन्या ग्रुपले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ अर्थात् स्वाब संकलन बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उहाँले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्र्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए ।

त्यसैगरी रोटरी क्लब अफ काठमाडौँले अपांगता भएका महिलाहरुलाई आश्रय दिने एप्सा नेपालमा रहेका दिदी बहिनिहरुलाई खाद्धयान्न तथा तरकारी सहयोग र तेलकोट सामुदायिक स्वास्थ्य केन्द्र , नगरकोट सामुदायिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरुमा पिपीई सेटहरु तथा थर्मल गनहरु हस्तान्तरण गरेको थियो । यति मात्र नभई रोटरी कल्व अफ काठमाण्डौँ मार्फत कोभिड –१९ प्रतिकार्यको लागि कोभिड –१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई , थर्मल गन, माक्स स्यानिटाइजर लगायतको सामग्री विभिन्न स्वास्थ्य केन्द्रहरु र अस्पतालहरुमा उपलब्ध गराउन लागिएको रोटरी क्लव अफ काठमाडौँका अध्यक्ष नारायण कृष्ण खरेलले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले देशभर लक डाउन गरे पछि दैनिक ज्याला मजदुरी गरि पेट पाल्नेहरु तथा बिभिन्न सामाजिक संस्थामा आश्रय लिइरहेकाहरु बढी संकटमा परेका छन। सामाजिक दायित्व बोध गर्दे रोटरी कल्व अफ काठमाण्डौँले पनि बिभिन्न वृद्धाश्रम, बालगृहलाई आवश्यक पर्ने खाद्धयान्न पनि सहयोग गर्ने योजना रहेको छ ।