निसर्त लिभरपुललाई उपाधि दिएहुन्छः इकाई गुन्डुवान

एजेन्सी। कोरोना भाइरसका कारण इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजन त्यतिकै अन्त्य भए लिभरपुललाई उपाधि सुम्पनु पर्ने धारणा म्यानचेस्टर सिटीका खेलाई इन्काई गुन्डुवानले व्यक्त गरेका छन।

‘एउटा खेलाडीको नाताले अहिलेको अवस्थामा लिभरपुललाई उपाधि सुम्पदा उचित हुन्छ । अहिलेको अवस्थामा लिभरपुल उपाधि हकदार हो र उसलाई च्याम्पियन बनाउँदा फुटबलमा न्याय हुन्छ,’ गुन्डुवानले भने । उनले सिजनको त्यतिकै अन्त्य भएका खराव नतिजाबाट गुज्रिएर लेरिगेसनका पर्न लागेका क्लबलाई भने सिजन त्यतिकै अन्त्य भए सुखको क्षण हुने बताए ।

साविक विजेता सिटी अहिले लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुल सिटीभन्दा २५ अंकले अगाडि छ । लिभरपुलले अब तीन खेल जिते उपाधि जित्ने छ । ३० बर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने लक्ष्यमा रहेको लिभरपुललाई कोरोनाका कारण सबैभन्दा मर्का परेको छ ।

कोरोकाका कारण इङ्ल्यान्डमा सबै खाले फुटबल गतिविधि अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । यो क्रम अझै बढ्ने देखिएको छ । प्रिमियर लिग र भावी रणनितिको विषयमा अप्रिल ३ मा बस्ने क्लबहरुको बैठकले थप निर्णय लिने बताइएको छ ।