अलपत्र सयौं विदेशी पर्यटक स्वदेश फर्काईदै

काठमाडौं । कोभिड–१९ को संक्रमणा फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार र सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेको आजको इमेजखबरमा खबर छ ।

लकडाउनमा समयमा नेपालमा अलपत्र परेका करीब ७ सय भन्दा बढी बिदेशी नागरिकलाई सम्बन्धित देशका दूताबास र नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा स्वदेश फर्काईएको हो ।

शुक्रबार ६ सय ४ जना बिदेशी नागरिक स्वदेश फर्केकोमा शनिबार जर्मनी र फ्रान्सका सात सय भन्दा बढी नागरिकलाई स्वदेश फर्काईको र अन्य देशका केही नागरिकलाई पनि समावेश गरिएको जर्मन दूतावासका प्रतिनिधिको भनाई छ ।

लकडाउन पछि सुनसान बनेको त्रिभुवन बिमानस्थलमा बिदेशी पर्यटकहरुको घुंइचो नै लागेको थियो ।

नेपालको मुस्ताङ, लुक्ला, पोखराबाट ल्याईएका बिभिन्न देशका नागरिकहरुलाई उद्धार गरिएको हो । त्यसो त अझै नेपालका बिभिन्न पर्यटकीय क्षेत्रमा छुटेका नागरिकको हकमा पनि उद्धार गरिने भएको छ ।

सरकारले अलपत्र परेका बिदेशी नागरिकहरुलाई रेस्क्यु फ्लाइट कतार एअरवेजको बिमानबाट सिधै फङफर्ट र दोहा लगिने छ भने त्यहाँबाट कनेक्टिङ फ्लाइटबाट फ्रान्स र जर्मनी पुर्याइने छ।

(यो समाचार आजको इमेजखबरबाट लिइएको हो)