लकडाउन थप १ साता लम्बिन सक्ने

काठमाण्डौ। सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने संकेत गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ ।

हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन थप भइरहने सम्भावना रहेको छ।

लकडाउन बढ्नसक्ने भन्दै ७७ वटै जिल्लाका सुरक्षा निकाय र प्रशासनलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिइसकेको छ ।

उपत्यकाबाट गाउँ फर्कन चाहनेका लागि एक दिन सवारी खोल्ने कि सरकारले नै त्यस्ता व्यक्तिलाई सम्बन्धित ठाउँमा पुर्‍याउने भन्ने विषयमा समेत छलफल चलिरहेको जानकारी प्राप्त भएको छ।

यस अघि सरकारले चैत्र ११ गते बिहान ६ बजेदेखि १८ बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।