लकडाउनको समयमा ६ घण्टा दैनिक उपभोग्य वस्तु विक्रि बितरण गर्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।

सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न दिने भएको छ ।

दैनिक उपभोग्य वस्तु मागलाई मध्यनजर गदै दिनमा ६ घण्टा पसल खोल्न दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खुल्ने छन।