अर्को निर्णय नभएसम्मको लागि एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत ।  सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।

विभागले परीक्षाको अर्काे मितिको सूचना निकालेर जानकारी गराइने निर्णय गरेको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

photo: ekantipur.com