एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने जानकारी दिएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन पेस गरेको जानकारी दिँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे ।

एमसिसी कुनै बाइवल होइन भन्दै यसलाई परिमार्जन गरेर अघि बढाइने उनको भनाई थियो । प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको खुलासाा समेत दाहालले गरे ।