‘सेन्टी भाइरस’ले गर्यो पहिलो दिनमै आक्रामक व्यापार

फाल्गुन ९ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको छ। चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ।

शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ। बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेका थिए।

धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ।