प्रिमियर लिगमा आज ६ खेल, पहिलो खेलमा चेल्सी र टोटेन्ह्याम भिड्दै

इंग्लिश प्रिमियर लिगको २७औं चरण अन्तर्गत आज शनिवार ६ खेल हुदै छ। पहिलो खेलमा चेल्सीले टोटेन्ह्यामको आतिथ्य गर्ने छ। उक्त खेल नेपाली समय अनुसार साँझको ६ः१५ बजे हुनेछ।

त्यस्तै साँझ ८ः४५ बजे ४ वटा खेलहरु हुने छन। बर्नलीले बर्नमाउथ, क्रिष्टल प्यालेसले न्युकासल, शेफिल्ड युनाइटेडले ब्राइटन तथा साउथह्याम्प्टनले एस्टन भिल्लाको सामना गर्ने छन।

आज राती हुने अन्तिम खेलमा लेष्टर सिटी र म्यान्चेष्टर सिटी भिड्ने छन। उक्त खेल राती ११ः१५ बजे हुनेछ।

म्यान्चेष्टर सिटी र लेष्टर सिटी क्रमशः लिगको दोश्रो र तेश्रो स्थानमा रहेका छन। त्यसैले यो खेल यि दुई क्लब बिच दोश्रो स्थान हासिल गर्नको लागि महत्वपुर्ण मानिने छ। म्यान्चेष्टर सिटी ५४ अंक सहित दोश्रो तथा लेष्टर ५० अंक सहित तेश्रो स्थानमा रहेको छ। आजको खेलमा जित निकल्दै लेष्टर म्यान्चेष्टर सिटी संगको दुरी १ अंकमा झार्न चाहन्छ भने म्यान्चेष्टर सिटी जित निकाल्दै ७ अंकको अग्रता लिन चाहन्छ।