लिभरपुलको किर्तिमानि जितसंगै लिगमा १६ अंकको अग्रता

एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनह्यामलाई हराउदै १६ अंकको अग्रता बनाएको छ ।

शनिबार राति सम्पन्न खेलमा टोटेनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो ।

खेलमा पहिलो हाफको ३७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। अत्यन्तै प्रतिस्पर्धात्मक खेलम थप गोल हुन नसकेपछि खेल लिभरपुलले १-० ले जित्दै नयाँ किर्तिमान कायम गर्न सफल भयो।

लिभरपुलले युरोपका शीर्ष पाँच लिग मध्य सबै भन्दा उत्कृष्ट सिजनको सुरुवात गर्ने कीर्तिमान कायम गर्यो । उसले लिगका सुरुवाती २१ खेलमध्य २० खेलमा जित हासिल गर्यो ।

जितसंगै लिभरपुल पछिल्लो ३० बर्षमा पहिलो पटक उपाधि होडमा निकै सहज अवस्थामा आईपुगेको छ ।

सन ह्युङ मिनको स्थानमा आएका जियोवानी लो सेल्सोले दोस्रो हाफका गोलको सुन्दर अवसर गुमाएका थिए । टोटेनहमले सुधारिएको प्रर्दशन गरेपनि शीर्ष स्थानको लिभरपुललाई रोक्न सकेन ।

दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसंग पराजित भएपछि लिभरपुलले तालिकामा ठुलो अग्रता प्राप्त गरेको हो ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । टोटेनहम ३० अंक सहित आठौं स्थानमा छ ।