बार्सिलोनालाई हराउदै एट्लेटिको स्पेनिस सुपरकपको फाईनलमा

एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गाेल अन्तरले हराएकाे हाे ।

खेलको ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सालाई अग्रता दिलाएका थिए ।

एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे ।

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए ।

एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।