चितवन राईनोजले जित्याे पीपीएलको उपाधि

पोखरा, १२ पुस । पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि चितवन राइनोजले उचालेको छ । समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ हात पारेका छन् ।

पोखरा मैदानमा आज भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुआत भने राम्रो भएन । पहिलो विकेट ११ रनमा गुमाउँदा सुनिल धमला ४ रन बनाएर आउट भएका थिए ।