चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

काठमाडौं, ९ पौष। नेपालका बरिष्ठ गायक रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरु सहमत भएका हुन । ढकाल पत्नी निलम शाह ढकालले सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन। उनिहरुबिच लामो समय देखि सम्बन्ध विच्छेद हुने हल्ला चलेको थियो।

काठमाडौं जिल्ला अदालतका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो । यस्तै रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् । तत्काल भने रानी निलमसँगै रहनेछिन् ।