सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना हुदाँ १५ जनाको मृत्यु

मंसिर २९, सिन्धुपाल्चोक । कालिन्चोक भ्रमण गरेर फर्कर्दै गरेको बस सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान बस दुर्घटना भएको हो।

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो।
जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।

मृत्युहुने मध्य १४ जनाको सनाखत भइसकेको छ भने एक महिलाको सनाखत हुन बाँकी भएको जानकारी प्राप्त भएको छ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।