दोलखाको कालिन्चोक क्षेत्रमा हिमपात सुरु

दोलखाको पर्यटकिय तथा धार्मीक स्थल कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको छ ।

कालिन्चोकको कुरी क्षेत्रमा आज बिहान देखी सुरु भएको हिमपात अहिले पनि जारी छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजिवन कष्टकर बनेको छ ।

विशेषगरि साताको शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल व्यवसायी बताउँछन् ।

(कालिन्चोक एफ एम को सहयोगमा)