काठमाण्डौ, २६ मंसीर। आज नेवारी समुदायले योमरी पुन्ही मनाएका छन्।
मंसिर शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्वमा नेवार समुदायले विशेषत योमरी बनाएर खाने चलन छ।
योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
चामलको पिठोको रोटीभित्र चाकु वा खुवा राखेर बनाइने परिकारलाई योमरी भन्ने गरिन्छ। योमरीको शाव्दिक अर्थ भने मन पर्ने रोटी हो।
यस दिन दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छिमेकमा गीत गाउँदै योमरी माग्ने चलन पनि छ। यसै दिन ज्यापु समुदायले विविध कार्यक्रम गरी ज्यापु दिवस मनाएका छन्।