नेपाल महिला भलिबल टिमले सागमा ऐतिहासिक पदक जित्ने पक्का

काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकाल्यो । नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन । यस्तै सरस्वती चौधरीले १७ अंक जोडिन ।

श्रीलंकालाई हराएसँगै नेपालले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ ।

अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।