डिपोर्टीभोलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा डिपोर्टीभो आल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

डिपोर्टीभोको मैदानमा खेलको ५१ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा लुकास परेजले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

तर, खेलको ६९ औं मिनेटमा डानी कार्भाजलले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियलले १४ खेलबाट ३१ अंक जोड्दै बार्सिलोनालाई ३ अंकले पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलबाट २८ अंक रहेको छ ।