बराबरी संगै म्यान्चेष्टर सिटीको उपाधि यात्रा कठिन बन्दै

एजेन्सी। इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेष्टर सिटी न्युक्यासल युनाइटेडसंग बराबरीमा रोकिएको छ। न्युक्यासल युनाइटेडको मैदानमा भएको खेलमा सिटी र न्युक्यासलले २-२ को बराबरी खेल्दै अंक बाँढेको हो।

खेलमा सिटीले राहिम स्टर्लिङको गोल मार्फत खेलको २२ औ मिनेटमा अग्रता लिएको थियो। तर ३ मिनेट पछि न्युक्यासलले बराबरी गोल गर्न सफल रह्यो।

लगातार आक्रमक खेल खेलेको सिटीले ८२औ मिनेटमा केभिन डी ब्रुएनाको उत्कृष्ट भलि गोल मार्फत गोल पुनः अग्रता लिन सफल भएको थियो । तर खेलको ८८औ मिनेटमा न्युक्यासलको तर्फ बाट जोन्जो शेल्भीले प्राप्त बललाई सटिक प्रहार गरेर उत्कृष्ट गोल गर्दै खेल पुनः बराबरीमा ल्याएका थिए।

आजको बराबरी पछि सिटीको १४ खेलबाट २९ अंक भएको छ भने पहिललो स्थानको लिभरपुलको १३ खेलबाट ३७ अंक रहेको छ। लिभरपुलले आजै एनफिल्डमा ब्राइटनको आतिथ्य गर्दै छ। आजको खेलमा जित हार पार्न सके लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यान्चेष्टर सिटीमाथि ११ अंकको स्पष्ट अग्रता लिनेछ र लिगमा शिर्ष स्थानमा बलियो पकड बनाउने छ भने आजको बराबरी संगै सिटीको भने उपाधि जित्ने संभावना कमजोर बन्दै गएको छ।