“द भ्वाइस अफ नेपाल”को फाइनल मंसिर २१ गते हायात रिजेन्सीमा

रियालिटी शो “द भ्वाइस अफ नेपाल”को फाइनल समिकरण पुरा भएको छ। शुक्रबार राती सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शो बाट उत्कृष्ट ४ जना फाइनलमा प्रवेश गरेका छन।

फाइनलमा प्रवेश गर्नेहरुमा कोच दिपबाट बिकाश लिम्बु, कोच राजुबाट शनिष श्रेष्ठ, कोच आस्थाबाट आरुफ राव तथा कोच प्रमोदबाट राम लिम्बु रहेका छन।

करिब ३ महिना अगाडी सुरु भएको नेपालको रियालिटी शो “द भ्वाइस अफ नेपाल”मा ब्लाइण्ड अडिशनबाट प्रत्यक टिमबाट ९-९ जना अर्थात ३६ जना छनौट गरी शुरु भएको शो, बिभिन्न राउण्ड हुदै सेमीफाइनलमा ८ उत्कृष्ट प्रतियोगी छनौट भएका थिए। आठ जनाको सेमिफाइनलको प्रतिस्पर्धाबाट शुक्रबार राती ४ उत्कृष्ट प्रतियोगी भोटका आधारमा आगामी शनिवार हुने फाइनलको लागी छनौट भएका हुन।

अब फाइनलमा मंसिर २१ गते ४ जनाले चुच्चेपाटी स्थित हायात रिजेन्सीको ग्राउण्डमा उपाधिका लागि लाइभ प्रस्तुती दिने छन। र उक्त दिन छानिने छ यो बर्षको “द भ्वाइस अफ नेपाल” सिजन-२ को विजेता।

उक्त फाइनल हिमालय टिभीले प्रत्यक्ष प्रशारण गर्ने छ भने हायात रिजेन्सीबाट प्रत्यक्ष हेर्न सकिने छ। जसका लागि प्रभु पेको एपबाट आइतबार १५ गते देखि अनलाइन टिकट बुकिंग गर्न सकिन्छ भने हायात रिजेन्सीबाट पनि टिकट लिन सकिने छ।

“द भ्वाइस अफ नेपाल”को सिजन १ सि.डी. बिजय अधिकारीले जितेका थिए।