इंग्लिश प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुदै

एजेन्सी। इंग्लिश प्रिमियर लिग अन्तर्गत आज शनिबार ६ खेल हुदैछ। जारी सिजनको १४औ चरण अन्तर्गत आज पहिलो खेलमा नेपाली समय अनुसार साँझ ६ः१५ बजे न्युक्यासल युनाइटेडले म्यान्चेस्टर सिटीको आतिथ्य गर्ने छ।

दोश्रो खेल अन्तर्गत नेपाली समय अनुसार साँझ ८ः४५ बजे ४ वटा खेल हरु हुने छन। बर्नलीले क्रिस्टल प्यालेस, चेल्सीले वेष्ट ह्याम युनाइटेड, लिभरपुलले बाइटन होमआल्बियन तथा टोटेन्ह्याम हट्स्पले एफसी बर्नमाउथको सामना गर्ने छन।

नेपाली समय अनुसार शनिबार को अन्तिम खेलमा राती ११ः१५ बजे साउथह्यम्प्टनले वार्टफर्डको सामना गर्ने छन।

जारी सिजनमा १३ खेलबाट ३७ अंक सहित लिभरपुल शिर्ष स्थानमा रहेको छ।