‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मंसिर २८ गतेबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा हुनेछ ।

पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।(खेलपाटीको सहयोगमा)