आर्सनलद्वारा प्रशिक्षक युनाई इम्री बर्खास्त

एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ ।

यस सिजन क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि आर्सनलले ४८ वर्षे प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको हो । युरोपा लिग अन्तर्गत बिहिबार राति आर्सनल घरेलु मैदानमा फ्रान्कफर्टसँग २-१ ले पराजित भएको थियो ।

‘हाम्रो धन्यवाद युनाई र उनका सहयोगीहरूलाई जसले क्लबलाई यो स्थानसम्म ल्याउन मद्दत गरे ।’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले युनाई र उनका टिमलाई भबिष्यको शुभकामना दिन चाहान्छौं ।’

मुख्य प्रशिक्षक आर्सेन वेंगरले क्लब छाडेपछि सन् २०१८ मा आर्सनलले इम्रीलाई टिमको जिम्मेवारी दिएको थियो । यस सिजन आर्सनल लगातार ७ खेलमा जितबिहिन रहदै लिग्को ८औं स्थानमा रहेको छ।

नयाँ प्रशिक्षक अनुबन्धन नभएसम्म आर्सनल सहायक प्रशिक्षक फ्रेड्डीको नेतृत्वमा हुनेछ ।