च्याम्पियन्स लिगः बार्सिलोना नकआउट चरणमा, लिभरपुल र नापोली बराबरी

एजेन्सी । लियोनल मेस्सी प्रेरित बार्सिलोनाले च्याम्पियन्स लिगमा जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा लुईस स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरे । जाडोन साञ्चोले डर्टमण्डका लागि एक गोल फर्काए ।

लियोनल मेस्सीले बार्सिलोनाका जर्सीमा ७ सयौ खेल खेल्दा बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल रह्यो ।

त्यस्तै समुह ई अन्तरगत लिभरपुल र नापोलीले बराबरी खेल्दै अंक बाढेका छन। बराबरीको नतिजाले लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न अझै एक खेल पर्खन पर्ने भएको छ ।

बुधबार राति नापोलीसंग १–१ गोलको बराबरी खेलेको घरेलु टोली लिभरपुललाई अघिल्लो चरण पुग्न अझै एक अंक चाहिने भएको हो ।

समूह ईमा शीर्ष स्थानको लिभरपुलको १० अंक छ । दोस्रो स्थानको नापोलीको ९ अंक छ ।

लिभरपुलले समूह चरणको अन्तिम खेलमा रेडबुल साल्जबर्गसंग खेल्नेछ । सो खेलमा अंक जोड्न सफल रहे लिभरपुल नकआउट चरणमा प्रवेश गर्नेछ ।