काठमाण्डौमा भुकम्पको धक्का महशुस

काठमान्डौ , सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बेलुका बेलुका १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ट भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमान्डौ भक्तपुर ललितपुर र काभ्रेपलाञ्चाेक लगायत जिल्ला हरु मा समेत महसुस भएको थियो ।