काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।
निकै रोमान्चक बनेको खेलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो । तर, नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो ।
घरेलु समर्थकको साथ पाएको नेपालले तेस्रो सेट २५-१९ ले जित्दै खेलमा २-१ को अग्रता बनाएको थियो ।
तर, चौंथो सेटमा बंगलादेशले २६-२५ को जित निकालेपछि खेल २-२ सेटको स्थितिमा पुगेको थियो ।
त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५-१२ ले जित्दै बंगलादेशले खेल ३-२ ले आफ्नो बनायो ।
अब नेपालले समूह चरणको अन्तिम खेल भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ ।