च्याम्पियन्स लिगः रियल म्याड्रिड र पिएसजी बराबरी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन पीएसजीले बराबरी खेलेका छन् । मंगलबार राति रियलको घरेलु मैदानमा भएको खेलमा पीएसजीले पुनरागमन बराबरी खेलेको हो ।

खेलमा अग्रता रियलले बेन्जिमाकोे १७ औ मिनेटको गोलबाट लिएको थियो । ७९ औ मिनेटमा बेन्जिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याएका थिए । तर केलियन एम्बाप्पले ८१ औ मिनेटमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिश गरे । ८३ औ मिनेटमा पाब्लो साराबियाले पीएसजीका लागि बराबरी गोल गरेका थिए ।

बराबरी संगै दुबै टोली नकआउट चरणमा प्रवेश गरिसकेका छन। ५ खेलबाट १३ अंक जोड्दै पिएसजी शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको रियलको ८ अंक रहेको छ ।